Bisal Chautari Logo

मिलन, सुनिल, राजुबाबु र सचिनको ‘मधुर मिलन’ विमोचित (फोटो फिचर सहित)

- ४ आश्विन २०७१, शनिबार ०४:२२ मा प्रकाशित


Milan Amatya albam madhur milan
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, असोज ०४ शनिवार । नेपाली साङगितिक क्षेत्रमा पछिल्लो समयका चर्चित गायिका मिलन अमात्यको ‘मधुर मिलन’ नामक एल्बम बिमोचन भएको छ । गायिका अमात्यसंगै गीतकार राजु बाबु श्रेष्ठ, म्युजिक कम्पोजर सुनिल मास्के र म्युजिक एरेञ्जर सचिन सिंहले यो एल्वमलाई सामुहिक रुपमा ल्याएका हुन् । एल्बमको विमोचन हिजो शुक्रवार एक भब्य समारोहका बिच गरिएको थियो ।Milan Amatya albam madhur milan
‘मधुर मिलन’ नामक एल्बमलाई प्राज्ञ वरिष्ठ संगीतकार शान्तिराम राई, अतिथीहरु वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा, पुर्व प्रधान सेनापती रुक्माङगत कट्वाल, एल्बमका चारैजना स्रष्ठाहरुले एकसाथ विमोचन गरेका थिए । एल्बम विमोचन समारोहमा आयोजक संगीतकार नेपालका तर्फबाट महेश खड्काले स्वागत मन्तब्य राखेका थिए । त्यस्तै अथितीहरुले गायिका मिलन लगायत अन्य एल्बमका तिन स्रष्ठालाईपनि बधाई दिएका थिए ।
एल्बम विमोचन समारोहमा दुई म्युजिक भिडियोपनि सार्वजनिक गरिएको थियो । ६ गीत समावेश एल्बममा ‘ किन लायौ मा, सोचे जस्तो भए जिवन, चाहे गाली गर प्रिय, हजारौं भिडमा, मुटु चिरी माया लग्यौ र किन लायौ माया’ बोलको गीतहरु रहेको छ । एल्बमलाई भाइब्स् क्रियशनले बजारमा ल्याएको हो ।

[gss ids=”5523,5526,5525,5524,5522,5521,5520″]

प्रतिक्रिया