rekha thapa himmatwali
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, असोज ०६ सोमबार । नेपाल अहिलेपनि पितृ सतात्मक मुलुक भन्दा केही फरक पर्दैन । अन्तरिम संविधानले हरेक क्षेत्रमा ३३ प्रतिशत महिलाको सहभागीतालाई अनिवार्यता दिएको भएपनि महिनाहरु सकृय नरहेकै कारण अझै माथि उठ्न सकेको छैन ।
तर पछिल्लो समय नेपाली सिनेमा क्षेत्रले महिलाको विषयलाई निकै तातो रुपमा विषयहरु उठान गर्ने गरेको पाइन्छ । यही भिडमा महिलाको नेतृत्व गर्ने पात्रका लागी चर्चित अभिनेत्री रेखा थापाको नाम अगाडी आउछ ।
रेखा थापा नेपाली चलचित्र क्षेत्रमा महिला वर्गको नेतृत्व गर्ने बलियो पात्र हुन् । विगत १३ वर्षदेखि रेखाले नेपाली फिल्म क्षेत्रमा निरञ्तर रुपमा फिल्ममा अभिनय गर्दै आइरहेकी छन् । उसो त यात्रालाई निरञ्तरता दिनु ठुलो कुरा होइन । यात्रा कत्तिको उपलब्धिमुलक छ भन्ने कुरा महत्वपूर्ण हो । रेखा सफल यात्रामा छिन् ।
‘हिरो’ फिल्मबाट नेपाली फिल्ममा प्रवेश गरेकी रेखा थापा नाममा मात्रै सिमित रहेन । नेपाली फिल्म क्षेत्रको लागि रेखा थापा संस्थाकै रुपमा स्थापना भएको छ ।
रेखा यस्तो भाग्मानी पात्र पनि हुन् जसको फिल्मले सुख्खा लागेको फिल्म बजारमा पनि चमत्कारिक व्यापार गरिदिन्छ । विशेषत: रेखाका होम प्रोडक्सनका फिल्म व्यापारिक रुपमा अब्बल छन् । रेखा फिल्मस्बाट निर्माण भएका अधिकाशं फिल्महरु व्यापारिक रुपमा सफल छन् ।
बलिउड सलमान खान चल्छन् भने जस्तै नेपालमा रेखा थापा चल्छिन् भन्ने विश्लेषण फिल्म नगरीमा सुरु भैसकेको छ । रेखा एक्लैले निर्माण गरेको फिल्म ‘काली’ ले गत वर्ष ब्लकवस्टरेको व्यापार गऱ्यो । फूलपातीमा प्रदर्शन भएको ‘काली’ को उक्त व्यापारले पनि रेखालाई बलिउडका सलमानसाग तुलना गर्न सहज पारिदियो ।
काली रेखा यस वर्षको फूलपातीमा भने ‘हिम्मतवाली’ बनेर आउादैछिन् । रेखाले ‘हिम्मतवाली’ मा सााच्चिकै हिम्मत जुटाएकी छिन् । दुवै हात गुमाएर पनि सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका सुदर्शन गौतमलाई महत्वपूर्ण पात्रमा ‘हिम्मतवाली’ मा रेखाले प्रस्तुत गराएकी छिन् ।
सोच भन्दा बाहिरको दुवै हात गुमाएको व्यक्तिलाई फिल्ममा अभिनय गराउन सफल हुनु रेखाको पहिलो हिम्मत थियो भने सेटमा गएर फिल्म निर्देशनको जिम्मा आफैं सम्हाल्नु अर्को हिम्मत थियो । क्यानडा बस्दै आएका हिम्मतवाला सुदर्शन अभिनय क्षेत्रसाग कुनै साइनो नजोडिएका व्यक्ति हुन् ।
‘हिम्मतवाली’ मा अभिनय गरेर सुदर्शनले नेपाली फिल्मसाग पहिलो नाता जोडेका छन् । पाहुना सुदर्शनको अभिनय कस्तो होला ? कौतुहलताको विषय भएपनि सुदर्शनले आफ्नो पात्रलाई न्याय गरेका होलन् भन्ने सार्वजनिक गरिएका प्रचार सामाग्रीले ढुक्क गराउाछ । हेर्रौं हिम्मतवाला र हिम्मतवालीको ‘वन्डिङ’ ले असोज १५ पछि कस्तो छाप छोड्छ ?
प्रतिक्रिया