khotang diktel news
विशाल चौतारी समाचार
काठमाडौ २०७१, कात्तिक १५ शनिबार । परपुरुषसागको यौन सम्बन्धबाट जन्मिएको शिशु मारेर फाल्ने खोटाङकी एक महिला पक्राउ परेकी छिन् । परपुरुषसागको यौन सम्बन्धपछि रहेको गर्भबाट जन्मिएको शिशु मारेर फाल्ने रतन्छा–४ बुतेपाकी ४१ वर्षीया तीर्थकुमारी राई पक्राउ परेकी हुन् ।
उनले परपुरुषसागको यौन सम्पर्कबाट जन्मिएको शिशु बिहीबार जन्मनासाथ मारेर फालेको स्थानीयबासीले जनाएका छन् । स्थानीयका अनुसार तीन छोराकी आमा तीर्थकुमारीले स्थानीय कुमार राईको घर पछाडिको ट्वाईलेट भित्र शिशु जन्माएर फालेकी थिइन् ।
विगत सात/आठ वर्षदेखि श्रीमानसँग भेट नगरेकी तीर्थकुमारीले आफ्नो गल्ती ढाकछोप गर्न शिशु जन्मनासाथ मारेर फालेको खुल्न आएको प्रहरीले जनाएको छ । शिशु मारेर फाल्नासाथ बिहीबार साँझ पक्राउ परेकी तीर्थकुमारीविरुद्ध ज्यान मार्ने उद्योग अन्तरगत मुद्दा दर्ता गरेर कारबाही गरिने जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक विनोदराज खरेलले बताउनुभयो ।
मृत शिशुको शव परीक्षणका लागि जिल्ला अस्पताल खोटाङ ल्याइएको छ भने, तीर्थकुमारीलाई जिल्ला प्रहरी कार्यालयको प्रहरी हिरासतमा राखिएको छ । उनीसँग यौन सम्बन्ध राख्ने परपुरुषको खोजी कार्य थालिएको प्रहरीले जनाएको छ ।
उनको तीन भाइ छोरामध्ये एक जना वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा रहेका छन् । सात/आठ वर्षदेखि बाहिर–बाहिरै बस्दै आएका उनको श्रीमान हाल काठमाडौंमा रहेको स्थानीयको भनाइ छ ।
प्रतिक्रिया