Bisal Chautari Logo

हङकङमा ‘गुड फ्राइडे नाइट विथ रेवत राई साझ’मा रेवतको चर्चा

- २५ कार्तिक २०७१, मंगलवार १६:५७ मा प्रकाशित


rewat rai hong kong program
विशाल चौतारी समाचार
काठमाडौ २०७१, कात्तिक १८ मंगलबार । पछिल्लो समय नेपाली साङगीतिक क्षेत्रमा निकै ब्यास्त बन्दै गइरहेका युवा गायक रेवत राई अहिले विदेश साङगीतिक भ्रमणमा ब्यास्त बनेका छन् । केही समय अगाडी इमर्ज नामक एल्बम ल्याएर चर्चामा रहेका गायक रेवत अहिले दास्रो विदेश भ्रमणका लागी हङकङमा एकल साझ सहित अन्य कार्यक्रम सकेर नेपाल आएका छन् । rewat rai hong kong program
‘गुड फ्राइडे नाइट विथ रेवत राई साझ’मा गायक रेवतले लाईभ गाजाबाजासंग गीतहरु प्रस्तुत गरेका थिए । गायक राईले कार्यक्रममा एक दर्जन गीतहरु गाएका थिए । दिखुवा सास्सु तरेर, पग्लि जान्छ, बासुकिको छल, आयो असार श्राउन फेरी, लाउरे दाईको, साकेला सेउली लगायत गीतहरु प्रस्तुत गरेका थिए । एकल साझ चलिरहदा हङकङमा बस्दै आएका वरिष्ठ गायक गणेश पराजुलीले गायक रेवत राईको प्रस्तुतीलाई तारीफ गर्दै भने– मैले यो बर्षपनि धेरै नव गायकहरुको नारि छामे तर मेरो मन रेवत राईले मात्र जिते । मलाई पुरा विस्वासछ उसको भविष्य सुन्दरछ । म उसको लागि एक गीत धेरै मेहेनत गरेर बनाई दिनेछु’, गायक पराजुलीले बताए । यो कुराको घोषणा गर्दा उपस्थित सबैले तालि बजाएर सम्मान गरेका थिय । त्यस्तै गीतकार मोहन गुरुङ ज्युले पनि बरिष्ठ सङगितकार दिप श्रेष्ठ ज्युको सङगितमा एक गीत गाउन दिने समेत घोषणा गरे ।rewat rai hong kong program-1
केही समय अगाडी गायक राई कोरीयामा पहिलो विदेशको कन्र्सट सकेर आएका थिए । गायक राई खोजि प्रतिभामा टप ५ सम्म आएका थिए, भने खोटाङ तारामा दोस्रो स्थानमा आएका थिए । गायक राईको केही समय अगाडी एल्बम ‘इमर्ज’ आएको थियो ।

प्रतिक्रिया