Bisal Chautari Logo

नृत्य र गायनमा आर्यन, निशान उत्कृष्ठ

- ५ मंसिर २०७१, शुक्रबार ०१:३७ मा प्रकाशित


aaryan and nisha Active-kids-Dancing- &-Singing-Grand-Final winneraaryan and nisha Active-kids-Dancing- &-Singing-Grand-Final winner
विशाल चौतारी समाचार
काठमाडौ, २०७१, मंसिर ५ शुक्रबार । एक्टिभ यो मिडिया हाउस एण्ड एक्टिभ स्कुलले राजधानीमा हालै आयोजना गरेको ‘एक्टिभ किड्स डान्सिङ एण्ड सिंिगङ कम्पिटिसन २०१४’मा गायनतर्फ लिटिल एञ्जल्स स्कुलका आर्यन रमदम सुनुवार र नृत्यतर्फ मेरी गोल्ड स्कुलका निशान तामाङ उत्कृष्ठ भएका छन् । दशदेखि १५ वर्ष उमेर समूहको प्रतिष्पर्धामा गायनतर्फ धुन कला केन्द्रकी समिक्षा बस्नेत दोस्रो र नृत्यतर्फ नेपा डान्स एकेडेमीकी मानसी तामाङ दोस्रो बनिन् ।
यसैगरी ५ देखि ९ वर्ष उमेर समूहको नृत्य प्रतियोगितामा आइडियल मोडल स्कुलकी आर्या केसी प्रथम र नेपा डान्स एकेडेमीकी कृतुना श्रेष्ठ दोस्रो बनिन् । गायन र नृत्य अन्तर्गतको दुवै समूहका विजेता तथा उपविजेताले क्रमश: ट्रफीसहित १५ हजार र १० हजार रुपैंयाा प्राप्त गरे । यसबाहेक उनीहरुले अन्य विविध उपहार पनि पाए ।
प्रतियोगिताको गायन विधाको निर्णायकमा वरिष्ठ गायिका संगीता राना प्रधान र वरिष्ठ गायक आनन्द कार्की थिए भने नृत्य विधातर्फ साल्सा एकेडेमीका एमडी तथा कोरियोग्राफर विनायक दास श्रेष्ठ र शास्त्रीय संगीतकी सिनियर कोरियोग्राफर सुविमा श्रेष्ठ थिए ।

प्रतिक्रिया