विशाल चौतारी समाचार
काठमाडौ, २५ मंसिर । पछिल्लो समयमा सन्दरी प्रतियोगिता विधिन्न किसिमले फस्टाउदै गएको छ । फस्टाउदै गएको प्रतियोगिताहरु अहिले आएर विधिन्न जातजातीहरुको नाममा हुने गरेको छ । यस्ता प्रतियोगिता गराउने आयोजकहरुको आ–आफ्नै धारणा र विचारपनि रहेको छ । त्यस्तै अहिले आएर पछिल्लो पुस्ताका युवतिहरुलाई लिम्बु जातिको मौलिक संस्कार र संस्कृतिप्रति जागरुक गराउने उदेश्यले मिस लिम्बूको आयोजना गरिएको छ ।

मिस लिम्बू प्रतियोगिताको धरानमा सम्पन्न अडिसनमा सहभागी सबै ९ जानै युवतिहरु छानिएका छन् । याक्थुङ युथ एसोसिएसनले आयोजना गरेको प्रतियोगिताको पहिलो अडिसनमा सहभागी मेरिना पोमु (इटहरी), कुन्नी हाङस्रोङ (धरान), दिव्या चेम्जोङ (धनकुटा) मेरिना तुम्सा (धनकुटा), अञ्जना नाल्बो (धरान), ताजेन वनेम फागो (मोरङ), युनिसा मादेन (इटहरी), सरिता पालुङवा (ताप्लेजुङ), र आशा लिवाङ (धरान) छानिएका हुन् । व्युटिसियन विष्ण्ुा लिम्बु, पत्रकार भवानी बराल, समाजसेवी कमल तिगेला, कलाकार शोभा खजुम, पहिलो मिस लिम्बुकी फस्टरनर अप डा.एलिसा वनेम र प्रतियोगीताको संयोजक तथा गितकार मिना सिंगकको निर्णयक टोलिले उनिहरुलाई छानेका हुन् ।
अडिसन कार्यक्रममा बोल्दै समाजसेवी कमल तिगेलाले मिस लिम्बुमा सहभागीहरु क्षमतावान भएको भन्दै शुभकामना र बधाई दिए । त्यस्तै कार्यक्रममै प्रतियोगीताको ब्राण्ड स्पोन्सर बराह ज्वेलरी इन्डष्ट्रिज प्रालि धरान शाखाका प्रमुख मानबहादुर विकले लिम्बु समुदायको कला संस्कृतिलाई प्रचार प्रसार गर्न आयोजना भएको मिस लिम्बु प्रतियोगीतामा सहयोग गर्न पाउँदा उचित ठाउँमा सहयोग गर्न पाएको जस्तो महशुस भएको बताए । धरानपछि काठमाण्डौमा पुस १ गते अडिसन गर्ने र यसपटक हङकङबाट समेत चार प्रतियोगी सहभागी हुने आयोजकले बताएको छ ।
प्रतिक्रिया