मुम्बई : बलिउड अभिनेताहरुका लागि पर्दामा चुरोट (धुम्रपान) सेवन गर्न कुनै नौलो कुरा होईन । चलचित्रमा अभिनेताहरुको रोल अनुसारको चुरोट सेवन गर्न कुनै नौलो कुरापनि होईन । तर बलिउड चलचित्रका अभिनेताहरु रियल लाईफमापनि चुरोटको लतमा फसेका छन् । बलिउड चलचित्र उद्योगमापनि अभिनेताहरु आफ्नो चुरोट सेवनको कारणले चर्चामा रहेका हुन्छन् ।

बलिउड अभिनताहरुको चुरोट सेवनको कुरा चल्दा किङ खान अभिनेता शाहरुख खानको नाम अगाडि आउने गरेको छ । अभिनेता शाहरुख बढि नै चुरोट सेवन गर्ने गरेका छन् । र अभिनेता खानले एकचोटि बताएको थिए, कि एक दिनमा २०० चुरोट सेवन गर्दथे ।

अभिनेता शाहरुखले बढि चुरोट सेवनको कारण उनको अनुहार र बढिमा बढि रुपमा असर गरेको बलिउड सञ्चार माध्ययमहरुले बताएका छन् । चुरोट सेवनको कारण अभिनेता शाहरुखको आखाको डिलमा डार्क दागपनि बसेको थियो । र उनको ओठ बढि नै कालो भएको समाचारहरुमा बताइएको छ ।

जुन दागको कारण अभिनेता शाहरुखलाई चलचित्रको सुटिङ र कार्यक्रमहरुमा धेरै समस्या पर्ने गरेको थियो । र अहिलेपनि अभिनेता शाहरुखले मेकअप गरेरै, आफ्नो दागलाई छोप्ने गरेका छन् । अभिनेता शाहरुख खान धेरै चोटि रियालिटि सो को विचमापनि चुरोट सेवन गर्ने गरेको भेटिएको छ । एक चोटि अभिनेता शाहरुखले ‘झलक दिखला जा’को सेटमा अभिनेत्री माधुरी दीक्षितको अगाडि नै चुरोट सेवन गरेका थिए । यस्तै अभिनेता खानले यिरयालिटि सो मात्र नभएर सार्वजकि स्थानमापनि चुरोट सेवन गरेका थिए । जुन समयमा उनलाई जरिमानापनि लगाईएको थियो । (एजेन्सी)


प्रतिक्रिया