Jhamak Ghimire novel Jiwan kada ki phool film
विशाल चौतारी समाचार
काठमाडौ, २०७१, पौष ११, शुक्रबार । चर्चित साहित्यकार झमक घिमिरेको जिवनीमाथी चलचित्र बन्ने भएको छ । ‘जीवन काडा कि फूल’ नामक आत्मकथा लेखेर मदन पुरस्कार प्राप्त गर्न सफल झमकको जीवनीमा आधारित रहेर बन्ने चलचित्रलाई बिनोद विष्टले निर्माण गर्ने भएका हुन् ।
जागृति फिल्मस्को ब्यानरमा बन्ने यो चलचित्र ‘जीवन काडा कि फूल’ नामक आत्मकथामाथि नै आधारित रहेर झमकको निश्चित समयावधिको जीवनीमाथि सिनेमा बन्न लागेको हो । यसका लागि झमक घिमिरे साहित्य प्रतिष्ठानबाट पनि स्विकृत लिइसकिएको छ । गतबर्ष नै चलचित्र निर्माण सुरु गरिने योजना भएपनि झमकको बाल्यकालको अभिनय गर्ने कलाकार नभेटिएकाले ढिलो भएको हो । विं. सं. २०४५ को भूकम्पले भत्काएको झमकको जन्मघर, गाइगोठ लगायतका कृत्रिम संरचनाको समते निर्माण गरिने भएको छ ।
आफ्नो जीवनीमाथि चलचित्र बन्न लागेपछि झमकमा पनि उत्साह थपिएको छ । ८ बर्षको उमेरमा अक्षर लेख्न थालेकी झमकले १५ बर्षको उमेरबाट साहित्य लेखन सुरु गरेकी हुन् । चलचित्रको नाम ‘जीवन काडा कि फूल’ नै राख्ने बुझिएको छ ।
प्रतिक्रिया