Rising Star – 2071 The final competition 46 children
विशाल चौतारी समाचार
तस्बिर : विशाल राई
काठमाडौ, २०७१, पौष १३, आइतबार । ‘बालबालिका भित्रको प्रतिभा, वौद्धिक क्षमता र सुन्दरता उजागर गर्ने राईजिङ स्टारको विशेषता’ भन्ने मूल नाराका साथ यहि माघ १० गते ‘लक्ष्मी स्टील्स राईजिङ स्टार २०७१’ को आयोजना गरिने भएको छ । काठमाडौं स्थित प्रज्ञा भवनको प्रेक्षालयमा भव्य कार्यक्रमको आयोजना गरि वर्षको स्टार घोषणा गरिने सो कार्यक्रममा राजधानीका विभिन्न विद्यालयहरुबाट अडिसन गरि अन्तिम चरणको प्रतिश्पर्धाका लागि ४६ जना प्रतिभाशालि बालबालिकाहरु छानीएका छन् ।
अन्तिम चरणका यी प्रतिश्पर्धीहरुलाई बरिष्ठ कोरीयोग्राफर प्रशंसा श्रेष्ठले १२ दिनको विशेष तालिम दिनेछ भने सो अवधिमा नेपालका ख्याति प्राप्त विभिन्न क्षेत्रमा व्यक्तित्वहरुबाट विशेष प्रशिक्षण गराईनेछ ।
प्राज्ञ संगीतकार तथा यस प्रतियोगिताका संयोजक शान्तिराम राईका अनुसार बिजेताले नगद रु. ५०,०००– सहित ट्रफि र आकर्षक उपहारहरु पाउनेछन् । फस्ट रनरअप र सेकेण्ड रनरअपले मोबाईलसेट, ट्रफि र उपहारहरु पाउनेछन् । भने थुप्रै अन्य टाईटल अवार्डहरु रहेकाछन् । विजेताहरुलाई विदेशमा हुने अन्तराष्ट्रिय पेजेन्टमा भागलिने अवसर समेत उपलब्ध गराउने कुरा जनाईएकोछ ।
सोही कार्यक्रममा शिक्षाको क्षेत्रमा अनवरत कलम चलाईरहेका एक विशिष्ठ पत्रकारलाई नगद रु. १०,०००/– सहित शैक्षिकपत्रकारिता पुरस्कारद्धारा पुरस्कृत गरिनेछ भने शिक्षाको विकासमा समर्पित एक विद्यालयका संस्थापक प्रिन्सिपललाई शैक्षिक सम्मानद्धारा सम्मानित गरिनेछ र नेपाली संगीत क्षेत्रमा समर्पित एक संगीत श्रष्टालाई साागीतिक सम्मानद्धारा सम्मानित गरिनेछ । जसका लागि शैक्षिक पत्रकारिता पुरस्कारद्धारा बरिष्ठ पत्रकार श्री ईश्वर ढकाल, शैक्षिकसम्मान द्धारा एभरेष्ट ईङ्लिस स्कूल भक्तपुरका श्री भक्त राजभण्डारी र साागीतिक सम्मानद्धारा बरिष्ठ संगीतकार श्री सुनिल मास्केलाई सम्मानित गरिनेछ । कार्यक्रम क्रियटिभ वोल्र्ड नेपालको आयोजनामा हुनेछ ।
[gss ids=”7486,7487,7488,7483″]
प्रतिक्रिया