मुम्बाइ । बलिउडमा दर्शकहरुको पर्खाइमा रहने अविवाहित अभिनेता सलमान खानले निकै लामो समयपछि चलचित्र ‘जय हो’ लिएर आउँन लागेका छन् । चलचित्रको फस्ट लुक सार्वजनिक भएको छ । चलचित्रको फस्ट लुकमा अभिनेता सलमान आफ्नो बडि सो गर्दै ‘सर्टलेस’ अवतारमा देखिएका छन् । फस्ट लुकमा देखिएको बडि र उनको सिक्स प्याकपनि टाईट देखिएको छ ।

लामो समय सम्म दर्शकहरुलाई पर्खाइमा राखेर चलचित्र ‘जय हो’ २०१४ को सुरुवातिमै रिलिज गर्ने पक्का भएको छ । चलचित्र ‘जय हो’ को सुरुवातिको नाम मेन्टल राखिएपनि केहि विवादका कारण अन्तमा सो नाम राखिएको थियो । करिव एक वर्षदेखि चलचित्र ‘जय हो’ लाई सलमानका फ्यानहरु पर्खाइमा रहेको भारतिय सञ्चार माध्ययमहरुले बताएको छ ।
प्रतिक्रिया