supriya hamal and priyanka pandey
विशाल चौतारी समाचार
काठमाडौ, २०७१, पौष १५, मंगलबार । युवन इन्टरनेशनल इभेन्ट प्रालि र रिबन इन्टरटेनमेन्ट प्रालिले एकै दिन एकै साथ एकै समयमा एकै मञ्चमा दुई भिन्दा भिन्दै सौन्दर्य प्रतियोगिता मिस प्लस टु नेपाल २०१४ र नेपाल्स मिस टिन अफ द इयर २०१४ आयोजना गरेको छ।
भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न प्रतयोगितामा सुप्रिया हमाल मिस प्लस टु नेपाल र प्रियंका पाण्डे नेपाल्स मिस टीन अफ द इयर भएका छन्। सुप्रिया र प्रियंका मस्ट पपुलरसमेत चुनिएकी छिन्। प्लस टुमा अध्ययनरत २४ जना छात्राबिच भएको मिस प्लस टु नेपालमा मेघा प्रधान फस्ट रनर्सअप र व्युटी विथ पर्पस, अदिती पोखरेल सेकेण्ड रनर्सअप र मिस फोटोजेनिक, नेहा केसी थर्ड रनर्सअप र बेस्ट स्माइल तथा दावा ग्यालव लामा फोर्थ रनरर्सअपका साथ फेसबुक च्वाईस भएका छन्।
सो प्रतियोगितामा रेश्मा बुढाथोकी मस्ट पपुलर, सुजिना शाही बेस्ट पर्सनालिटी, अस्मिता गिरी मिस क्याटवक, अलिष्टा सुवेदी मिस ट्यालेन्ट, रक्षा पौडेल बेस्ट फिजीक, अनुषा शर्मा बेस्ट हेयर, स्नेहा रसाइली बेस्ट स्पीच, सोनु लिम्बु मस्ट फ्रेण्डली, रञ्जु खनाल बेस्ट डिसीप्लेन, मीना थापा मगर बेस्ट स्कीन, उपासना न्यौपाने बेस्ट फिटनेस, शारदा गुरुङ मिस व्युटिफुल, सिर्जना पुन सोसल्ली रेस्पोन्सीबल, रीजा बासुकला बेस्ट आर्टवर्क, कृषा केसी मस्ट चार्मिङ, अदिती पौडेल मिस पंचुअल, शिरषा थापा मगर मिस कन्जीनियालीटी, सृष्टी श्रेष्ठ र सुनी थापा मगर मेनेजमेन्ट च्वाईस अवार्ड पाएका छन्।
त्यस्तै रिबन इन्टरटेनमेन्टको आयोजनामा सम्पन्न नेपाल्स मिस टीन अफ द इयरमा श्रीया समरी फस्ट रनर्सअप र मिस क्याटवक, कृतिका दाहाल सेकेण्ड रनर्सअप र मिस फोटोजेनिक, यशोदा राई थर्ड रनर्सअप बेस्ट स्पीच तथा अनिशा किलम्बु फोर्थ रनर्सअप र बेस्ट हेयर भएका छन्। नेपाल्स मिस टीन अप द इयर प्रतियोगितामा सरस्वती कपाली बेस्ट पर्सनालिटी, सोनु फौजा मगर मिस ट्यालेन्ट, रश्मीता तिमल्सिना मस्ट फ्रेण्डली, प्रमिला खड्का बेस्ट डिसीप्लेन, बिनीता खड्गी बेस्ट स्माइल, नफिसा डंगोल बेस्ट स्कीन, सुनिला थापा बेस्ट फिटनेस, मिन्जी गुरुङ मिस व्युटीफुल, मीना श्रेष्ठ फेसबुक च्वाईस, सनिशा सुवेदी मिस कन्जिनीयालिटी चुनिएका छन्। अश्विनी झाको कोरियोग्राफीमा सम्पन्न दुबै प्रतियोगिताका निर्णायकहरुमा फिल्म निर्देशक रमेश बुढाथोकीका साथमा पाल्देश शेर्पा, नाजिर हुसेन, सुवोध गुरुङ, अनिता आचार्य, हसन खान र सुचित्रा श्रेष्ठ रहेका थिए। मिस प्लस टुको निर्णायक मण्डल प्रमुखमा महिकला फिल्म निर्देशक सुचित्रा श्रेष्ठ रहेकी थिइन् भने नेपाल्स मिस टिन अफ द इयरमा सनराइज बैंकका सिइओ सुरेन्द्रमान प्रधान प्रमुख निर्णायक थिए।
प्रतिक्रिया