rekha shah song simsime panima song video release
विशाल चौतारी समाचार
तस्बिरहरु : विशाल राई
काठमाडौ, २०७१, माघ २५, आइतबार । गायिका रेखा शाह र ‘सिमसिमे पानीमा ज्यानले बेइमान गर्ला कि जिन्दगानीमा’ बोलको गीत दुबै सदावहार हुन्, नेपाली साङगीतिक क्षेत्रका लागी ।
अहिलेसम्म अडियोमा मात्रै सिमित रहेको यस गीतलाई उनले रि–रेकर्ड गरेर म्युजिक भिडियोसहित हिजो आफ्नो जन्मदिनको अवसर पारेर काठमाडौमा एक कार्यक्रमको आयोजना गर्दै बजारमा ल्याएकी हुन् । गीतलाई साप्ताहिकका सम्पादक सुवास ढकालले सार्वजनिक गरे ।
गायिका रेखाले १५ वर्षको उमेरमा पहिलो गीत गाएकी थिइन्, यही ‘सिमसिमे पानीमा बोलको गीत । रेडियो नेपालले २०४९ मा गरेको देशव्यापी लोक गीत प्रतियोगीतामा रेखा शाहलाई यही गीतले प्रथम स्थान दिलाएको थियो । आफ्नै शब्द र लय रहेको यही गीतबाट उनी चर्चामा आए । दुई दशकको संगीत यात्रामा आइपुग्दा उनले थुप्रै एल्बम निकालिन्, तर ‘सिमसिमे पानी’को चर्चा र गुञ्जनमा कहिल्यै कमी आएको छैन ।
सार्वजनिक भएको म्युजिक भिडियोका बारेमा समिक्षा गर्दै संगीतकार बुलु मुकारुङले रेखाको स्वर नेपालका थोरै प्रतिभाशाली गायिकामा पाउनेमध्ये एक रहेको दाबी गरे । ‘लोक, पप, आधुनिक लगायत जुनसुकै विधामा पनि रेखाले खुलेर गाउन सक्ने भएकाले भर्सटाइल गायिकाको रुपमा हुनुहुन्छ’, संगीतकार बुलुले भने ।
त्यस्तै गायिका रेखा शाहले सार्वजनिक भिडियोका बारेमा प्रकाश पार्दै नया पुस्ते” शैलीको स्वाद रि–रेकर्डेड सिर्जनामा समेटेको बताइन् । उनले एरेन्जमेन्ट उही भए पनि रिदमको बेस बढाइएको र ढोलक, ड्रम सेटमा मादलको फ्युजन गरिएको सुनाइन् ।
सार्वजनिक म्युजिक भिडियोमा रेखा र अमीर शेखले अभिनय गरेका छन् । नीतिन चन्दको निर्देशन, छायांकन र सम्पादन गरेका हुन् । म्युजिक भिडियोको कोरियोग्राफी रिनेशा बान्तावा राईले गरेकी हुन् । थुपै एल्बम बजारमा ल्याइसकेकी गायिका रेखाले छिट्टै लोक गीत कलेक्सन निकाल्ने योजनामा रहेको बताइन् ।
गायिका रेखा शाहको जन्मदिन मनाउन अभिनेत्री छुल्टिम गुरुङ, रिमा विश्वकर्मा, कोरियोग्राफर रिनेशा बान्तावा राई, जयन सुब्बा मानन्धर लगायत पुगेका थिए ।
[gss ids=”8300,8303,8301,8299,8298,8302,8294″]
प्रतिक्रिया