Shyam Aryal’s marina nepali movie poster
विशाल चौतारी समाचार
काठमाडौ, २०७१, फल्गुन ६, बुधबार । अभिनेता तथा संचारकर्मी श्याम अर्यालको प्रस्तुतीमा बन्न लागेको चलचित्र ‘मारिना’ को पहिलो पोष्टर नै सस्पेन्स सार्वजनिक गरिएको छ । सार्वजनिक पोष्टर डोरीले बाधिएका दुई हात पोष्टरमा देख्न सकिन्छ ।
सस्पेन्स थ्रिलर कथामा बन्न लागेको यो चलचित्रमा रतन थापाको लगानी र राजेश थापाको सह–लगानी रहनेछ । चलचित्रमा कथा, पटकथा, सम्पादन र निर्देशनको जिम्मा अनुप गिरीले लिएका छन् । चलचित्रका लागि कलाकार पक्का नभैसकेको श्यामले बताए । उनले अब चाडै नै चलचित्रको शुभसाइत गर्ने र कलाकार पनि घोषणा गर्ने बताए । चलचित्रका लागि कलाकार पक्का नभएकै अवस्थामा यसको पहिलो पोष्टर भने सार्वजनिक गरिएको छ ।
प्रतिक्रिया