youngest film director SAUGAT BISTA world records
विशाल चौतारी समाचार
तस्बिरहरु : विशाल राई
धरान, २०७१, फल्गुन ८, शुक्रबार । ७ बर्ष ३४० दिनको उमेरमा चलचित्र ‘लव यु बाबा’ निर्माण गरेर ‘गिनिज बुक अफ द वल्र्ड रेकर्ड’मा ‘विश्वकै कान्छा निर्देशक’को रुपमा नाम लेखाएका कान्छा निर्देशक सौगात बिष्टले आफुले निर्देशन गरेको चलचित्र पुन रिलिज गर्न आग्रह गरेका छन् ।
अनामनगर काठमाडौमा एक कार्यक्रमको आयोजना गर्दै सूचना तथा संचारमन्त्री मिनेन्द्र रिजालको हातबाट ‘गिनिज बुक’को प्रमाणपत्र निर्देशक सौगात बिष्टले लिए । प्रमाणपत्र लिइसकेपछी निर्देशक सौगातले खुसिको दिन भएपनि दुखको कुरा गर्न परेको बताउदै दर्शकले आफुलाई नपत्याएको बताए । सौगातले भने–‘आज मलाई दुख लागेको छ भने खुशी पनि छु । दर्शकले यती सानो बालकले पनि के चलचित्र बनाउँला भनेर मलाई पत्याउनु भएन । तर, गिनिज बुकले मलाई पत्यायो र म यो उपलब्धी हाशिल गर्न सफल भएँ’, निर्देशक सौगातले बताए । विश्वकै कान्छा निर्देशक बनेका सौगातले आफ्नो आमा र बुबाले आफूलाई पत्याएर जोखिम मोलेको बताए । उनले फेरि चलचित्र प्रदर्शन गर्ने व्यवस्था मिलाइदिन चलचित्र क्षेत्रसंग संवद्ध सबैसँग आग्रह पनि गरे ।
त्यस्तै कार्यक्रममा सौगातलाई वधाई दिदै मन्त्री रिजालले उनको कामले देशकै शिर उच्च भएको बताए । उनले, सौगातको चलचित्र फेरि एकपटक हलमा चलाउने प्रवन्ध गर्न सबैलाई आग्रह गरे । मन्त्री रिजालले आफूले पनि यसमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । मंसिर २६ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘लभ यू बाबा’का कलाकार तथा सौगातका बुबा गजित बिष्टले चलचित्र क्षेत्रकै कतिपय चलचित्रकर्मीले आफूहरुको कामलाई हाँसो र जोक्स बनाएको भन्दै छोराले पाएको सफलताले आफूहरुको मिहिनेत उपलब्धीमा बदलिएको बताए । चलचित्रकी कलाकार तथा सौगातकी दिदी संगम बिष्टले भाइको खुशीमा आफू पनि उत्साहित भएको बताइन् ।
त्यस्तै कार्यक्रममा बोल्दै निर्माता संघका अध्यक्ष राजकुमार राईले नेपालमा धेरै गिनिजबुक होल्डर भएपनि नेपाली चलचित्र क्षेत्रमा पहिलो रेकर्ड भएकाले यो गौरवको विषय रहेको बताए । निर्देशक सौगातलाई बधाइदिदै राजकुमार राईले आफ्नो संस्था र आफुले गर्न सक्ने कुराहरुमा पहल गर्ने समेत प्रतिवद्धता दिदै सिनेमा हेर्ने चाहना ब्याक्त गरे ।
कार्यक्रममा सौगातले चलचित्र निर्देशन गरेका दृश्यहरु देखाइएको थियो । भारतका ९ बर्षका बालकलाई उछिन्दै सौगातले ७ बर्ष ३४० दिनमा चलचित्र निर्देशन गरेर विश्व रेकर्ड बनाएका हुन् ।
[gss ids=”8500,8504,8503,8502,8501,8499,8498,8497″]
प्रतिक्रिया