४ आश्विन, काठमाडौ । केहि नेपाली कलाकारहरुको खराब इमेजका कारण अमेरीकाले पुरै नेपालि कलाकारहरुलाई नै भिसा दिनबाट रोक लगाएको छ । अमेरिका कार्यक्रम, सुटिङका लागि पुगेका धेरै नेपालि कलाकार त्यतै लुक्ने गरेका छन् । यसैले पनि अमेरिकी सरकारले नेपाली कलाकारलाई दिदै आएको सुविधामा कटौती गरेको हो ।
नेपाली कलाकारहरु कार्यक्रमका लागि अमेरिका जान दिइने पी थ्री भीसामा रोक लगाइएको अमेरिकाबाट प्रकाशित हुने खसोखास साप्ताहिकले प्रकाशित गरेको छ । अमेरिकी सरकारको गृहमन्त्रालयको तथ्यांक अनुसार गत बर्ष १ लाख ६ हजार ३ सय २५ जना कलाकार र खेलाडीहरु कार्यक्रमका लागि पी थ्री भीसामा अमेरिका पुगेका थिए । जसमध्ये १६ जना मात्र नेपाली थिए । सन् २०१२ को मार्चदेखि हालसम्म अमेरिका आउन चाहने प्राय सबै कलाकारहरुको भिसा अस्विकार गरिदै आएको खसोखास साप्ताहिकले जनाएको छ । नेपाली कलाकारहरु अमेरिकामा पुगेर त्यतै बस्न थालेपछि र आयोजकले कार्यक्रम विना नै कलाकारहरुबाट मोटो रकम असुलेर अमेरिका पुर्याउन थालेपछि यस्ता कडाई गरिएको हो । प्री थ्री भिसा अस्विकृत भएपछि केही कलाकारहरुले धामिर्क भिसा समेत एप्लाई गरेर अमेरिका पुगेको बताइएको छ । केही समय अघि अभिनेता आर्यन सिग्देल, अभिनेत्री नन्दिता केसी, सुनिता दुलाल र गायक डीजेराजलाई पनि अमेरिकाले भिसा दिन अस्विकार गरेको थियो । सन् २००७ मा सबैभन्दा धेरै नेपाली कलाकार अमेरिका पुगेका थिए ।
प्रतिक्रिया