Rajesh Hamal dance and yam baral singing in the US huge the program
विशाल चौतारी समाचार
वासिङ्गटन डिसी, २०७१ चैत १३, शुक्रबार । अमेरिकामा केही दिन अगाडी वासिङ्गटन डिसी नजिको वेथस्डामा आयोजित भब्य कन्र्सटमा महा–अभिनेता राजेश हमालको डान्स र यम वरालको गायनले माहोल जमेको छ ।
एनआरएनको साधारण सभामा आयोजना गरिएको कार्यक्रममा अभिनेता हमालले डान्स पर्फमेन्स दिएका थिए । अभिनेता हमालले कार्यक्रममा बोलेकापनि थिए । कार्यक्रममा चर्चित गायक यम बरालले स्वागत गरेका थिए ।
चर्चित गायक यम वरालले ‘बादलुको घुम्टोले ईलाम बजार छोपिदा मैले सबलाई विर्सेछु तिमिलाई सम्झिदा’ लगायतका गीतहरु कार्यक्रममा प्रस्तुत गरे । यस पटक एनआरएनको साधारण सभामा भाग लिन नेपाल देखि आएका अभिनेता राजेश हमाल र उनका जिवनसंगीनी एकसाथ देखिदा अभिनेता हमालका फ्यानहरु खुसी देखिए । साथमा यम वरालको गायनले अमेरिकामा रहेका नेपालीहरू प्रफुल्लित नै थिए । कार्यक्रममा बोल्दै गायक बरालले अभिनेता राजेश जी नेपालको ख्याति प्राप्त अभिनेता रहेको बताउदै, ‘हामीले कला सङ्गीतका विषयमा छलफल गर्न मौका पाएको गायक बरालले बताए । कन्र्सटमा अभिनेता हमाल र बरालका अलावा अमेरिकमा रहेका तीन दर्जन भन्दा बढी कलाकारहरूले आफनो प्रस्तुति गरेका थिए । कलाकरहरुको प्रस्तुतिका कारणले अमेरिकामा रहेका नेपालीलाई आफू नेपालमा नै भएको अनुभूति प्रदान गरेको थियो ।
more photo click by : http://brtnepal.com/
प्रतिक्रिया