Ramesh Upreti rajani kc and namrata sapkota movie BRCELET
विशाल चौतारी समाचार
तस्बिर : विशाल राई
काडमाडौ, २०७१ चैत १७, मंगलबार । कुनै समय नेपाली चलचित्र क्षेत्रमा ब्यास्त अभिनेता रमेश उप्रेती लामो समयपछि पुन: यही चलचित्र क्षेत्रमै कमब्याक गरेका छन् । अभिनेता रमेश उप्रेती निर्माता केशव भट्टराइले नयाँ चलचित्र ‘ब्रासलेट’ बाट पुन कमब्याक भएका हुन् । चलचित्र ‘ब्रासलेट’को आज काठमाण्डौको एभरेष्ट होटलमा आयोजना गरिएको एक भब्य कार्यक्रममा सिनेमाको घोषणा गरियो । यस चलचित्रलाई निर्मल शर्माले निर्देशन गर्दैछन् ।
कार्यक्रमको सुरुवात निकै भिन्न किसिमले गरिएको थियो । कार्यक्रमको सुरुवातमै सिनेमामा आवद्ध सबै कलाकारहरुले र्याम्प नापेका थिए । र्याम्पमा रमेश उप्रेतीका साथमा दुई अभिनेत्री रजनी केसी र नम्रता सापकोटा, रितिक शाही, सुगम शर्मा, सुनिता ठाकुर, कमल मैनाली, राजु बजाज लगायत कलाकारहरुले र्याम्प नापेका थिए ।
कार्यक्रममा बोल्दै यस सिनेमाका निर्देशक निर्मल शर्माले यो चलचित्र थ्रिलर कथामा निर्माण हुन लागेको जानकारी दिए । निर्देशक शर्माले भने ‘चकलेट, ब्रासलेट र डन्डिबियो’ नामका चलचित्र निर्देशन गर्ने र चलचित्र नचलेको खण्डमा कहिले यो काममा आउदिन ।’
यस चलचित्रमा जया ओझाको लेखन, ताराप्रकाश लिम्बु र दीपक शर्माको संगीत, शान्तिप्रियको गीत, कविराज गहतराज र गोविन्द राईको कोरियोग्राफी, हिमाल केसीको दन्द्ध र सुदिप बरालको छायांकन हुनेछ । चलचित्र चैत्र २७ गतेदेखि सुटिङका लागि फ्लोरमा जाने बताइएको छ ।
चलचित्रलाई शुभकामना दिन चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राई, निर्माता प्रदिप उदय कलाकारहरु करिश्मा मानन्धर, दिपकराज गिरी, दीपाश्री निरौला लगायत एभरेष्ट होटल पुगेका थिए ।
प्रतिक्रिया