suppor kids 2015 children going old age home in nepal
विशाल चौतारी समाचार
काडमाडौ, २०७१ चैत २६, बिहिबार । ‘suppor kids 2015’ का अन्तिम प्रतिस्पर्धाका बालबालिकाहरुले सामाजिक कार्यको बारेमा ज्ञान लिएका छन् । हिजो बुधबारका दिन ‘वल्ड एज होम’ मा पुगेर त्यहाका आमाहरुसंग बालबालिकाहरुले निकै लामो समय बिताएका पनि थिए । मर्निङ ग्लोरी इन्टरटेन्मेन्टले आयोजना गर्दै आएको यो प्रतियोगीताका बालबालिकाहरुले आयोजक संस्था, बच्चाहरुका परिवार र बच्चा मिलेर केही रकमपनि आमाहरुका लागी हात लगाए ।
त्यस्तै यस प्रतियोगीताको कोरियोग्राफ गरिरहेकी चर्चित आरजे कला सुब्बाले आफ्नो ब्याक्तिगत तर्फबाट ३५०० रकम आमाहरुका लागी प्रद्धान गरे । बालबालिकाहरु देखेर ‘वल्ड एज होम’का आमाहरु निकै खुसी हुनुभएको आयोजक संस्थाकी अध्यक्ष मोहना खनाल क्षेत्रीले बताइन् ।
प्रतियोगी बालबालिकाहरुलाई समाजमा वृद्ध आमाहरुलाई परिवारमै स्थान दिनुपर्छ, उनिहरुलाई सम्मान, माया गर्नुपर्छ भन्ने शिक्षा दिइएको कोरियोग्राफर सुब्बाले बताइन् ।
तेस्रो संस्करणको यो प्रतियोगीताको अहिले फोटोसुट तथा अन्य शिक्षा मुलक काममा रहेका छन् । यस प्रतियोगीताको कोरीयोग्राफ गरिरहेकी चर्चित आरजे समेत रहेका कला सुब्बाले बालबालिकाहरुको ब्याक्तित्व विकाशसंगै प्रतिभामा निखार ल्याउने काम ट्रेनिङ सेसनमा भइरहेको जानकारी दिइन् । यस प्रतियोगीता गर्नको मुख्य उद्देश्य बताउदै आयोजक संस्थाकी अध्यक्ष मोहना क्षेत्री खनालले बालबालिकाहरुको कन्फिडेन्स डिभ्लभ गर्नका लागी रहेको प्रष्ट्याइन् ।
बालकालिकाहरुलाई यस प्रतियोगीताबाट सामाजिक दाहित्व, सरसफाइ तथा बालबालिकाहरुको चाहना बमोजिम परिवारलाई मनाउने काम समेत गरिने आयोजकका मोहनाले बताइन् । बालबालिकाहरु जस्तो : ‘पेन्टिङ गर्न चाहन्छन्, भने पेन्टिङ गर्न आफ्नो बच्चालाई प्रेरित गर्न परिवारलाई मनाउने ।’ चैतको अन्तिममा ग्राण्डफिनाली मार्फत प्रतियोगीताहरुबाट ‘सुपर किड्स २०१५’ छनौट गरिनेछ ।
प्रतिक्रिया